२०८२ जेष्ठ ३० गते शुक्रवार

दाङमा पनि पिसिआर मार्फत कोरोना परीक्षण सुरु


घोराही, बैशाख १३ । दाङको घोराहीमास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर मार्फत कोरोना परीक्षण सुरु भएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले शुक्रबारदेखि पिसिआर विधिबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिएकी हुन ।

शनिवारसम्म प्रतिष्ठानको आइसोलेसनमा रहेका नौं जना रहेका छन् । त्यो लगाएत थप एक जना कैदीको समेत गरि दश जनाको स्वाब परीक्षण भइरहेको भण्डारीको जानकारी दिइन । बेलझुण्डीस्थित कोरोना विशेष अस्पलात भने पछिल्लो समय एकजना पनि छैनन् । प्रतिष्ठानमा अब एकै पटकमा पिसिआर मार्फत ९६ जनासम्मको परीक्षण गर्न संभब हुने उपकुलपति भण्डारीले जानकारी दिएकी छन् ।

जिल्लामै पिसिआर विधि मार्फत कोरोना परीक्षण सुरु भएपछि अब स्वाब परीक्षणको लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने समस्याको अन्त्य भएको छ । प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसिआर मेसिन जडान गरिएको हो । हालसम्म दाङवाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

जिल्लाका राप्ती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालमा गरि एकसय ६६ बेडको आइसोलेसन रहेको छ भने २ सय ८८ क्वारेन्टाइनको सैया निर्माण गरिएका छन् । बेलझुण्डीमा कोरोना विशेष अस्पतालमा सबै भन्दा धेरै एकसय सैया क्षमताको आइसोलेसन सञ्चालन गरिएको छ । अहिलेसम्म जिल्लामा एकसय आरडिटी किट उपलब्ध रहेका छन् । आरडिटी मार्फत क्वारेन्टाइनमा परीक्षण गर्ने काम हुँदै आएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *