२०८१ मङ्सिर १८ गते मङ्गलवार

सल्यान वाणिज्य संघले हरेक पालिकालाई १५ हजार दिने


सल्यान, बैशाख १३ । उद्योग वाणिज्य संघ सल्यानले कपुरकोट गाउँपालिकाबाट राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई कोरोना संक्रमण रोक थाममा सहयोग पुगोस भनेर बाणिज्य संघले आर्थिक सहायता उपलब्ध गराउने सुरु गरेको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु¥याउने उद्देशयले एक स्थानीय तहलाई १५ हजार रुपैंयाको दरले आर्थिक सहायता उपलब्ध गराउन लागेको संघका अध्यक्ष विरबहादुर चलाउनेले बताए ।

शनिबार संघका अध्यक्ष चलाउनेले कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनलाई नगद हस्तान्तरण गरेका छन् । अध्यक्ष सेनले विपद्को घडिमा सबैले हातेमालो गर्नुपर्ने भन्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।वाणिज्य संघले शनिबार नै त्रिवेणी, छत्रेश्वरी, सिद्ध कुमाख गाउँपालिका र वागचौर नगरपालिकामा आर्थिक सहायता प्रदान गरेको जानकारी दिएको छ । बाँकी स्थानीय तहमा आइतबार राहत रकम प्रदान गरिने संघका महासचिव भरतकुमार वस्नेतले जानकारी दिए ।

यसैविच कपुरकोट ३ का मधुसुदन गिरीले ८० हजार रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् । ज्योति विकास बैंक कपुरकोट शाखाले ५० हजार बराबरको खाद्यान्न प्रदान गरेको छ । बैंकका शाखा प्रवन्धक विरेन्द्रबहादुर ऐडीले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको बताए । त्यस्तै कालिका ग्यारियज एण्ड वायर ईन्ड्रष्ट्रिज नेपालगञ्जका संचालक प्रेम कठायतले ३०० किलो चामल, २५ किलो दाल, १७ लिटर तेल र १२ किलो नुन उपलब्ध गराए ।

त्यस्तै कपुरकोट स्वास्थ्य सेवा क्लिनिकका संचालक अशोक बुढाथोकीले पनि २०० किलो चामल र १६ किलो नुन राहत कोषमा जम्मा गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले १२ हजार रुपैंया राहत कोषमा जम्मा गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *