वैशाख १२। झापाका एक व्यक्ति कोरोना संक्रमित भएका छन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। यो संख्यामा १० जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार