२०८१ बैशाख १३ गते बिहिवार

वनको टोलीले चित्तललाई उद्धार ग¥यो


दाङ, बैशाख ११ । डिभिजन वन कार्यालय दाङको टोलीले विहीवार एउटा चित्तलको जिवितै उद्धार गरेको छ । तुसीपुर उपमहानगरपालिका वडा नं. १५ पतकौलीस्थित घडेरीडाँडा सामुदायिक वन कार्यालयको भवन भित्र थुनेर राखेको एउटा चित्तलाई उद्धार गरिएको छ ।

सो क्षेत्रको नदी उकास क्षेत्रमा बृक्षरोपण गरेर वन कायम गरिएको क्षेत्रमा चर्न आएको उक्त चित्तललाई लकडाउनको मौका छोपी दुई गाउँका युवाहरुले चार वटा कुकुर लगाएर घाइते बनाई चित्तललाई समातेर सिकारका लागि थुनेर राखेका थिए । डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटिलखेटी मार्न लागेको भन्ने खवर पाएपछि आफुहरु पुगेर उद्धार गरि ल्याएको जानकारी दिए ।

दुई गाउँका युवाहरुले चित्तललाई चारवटा कुकुरको सहयोगमा समातेपनि चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल मार्न लागेको कुराको सुईको वन कार्यालय सम्म पुगेको थियो र गाउँका युवाहरुले चित्तललाई सामुदायिक वनको भवन भित्र थुनेर राखेको अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए ।

उद्धार पछि उक्त चित्तललाई डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखेर औषधी उपचार सुरु गरिएको ज्ञवालीले बताए । यसैबीच कानुन विपरित वन्य जन्तुको सिकार गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य थालिएको पनि जानकारी दिइएको छ ।

मंगलबार मात्रै पश्चिम दाङको शान्तिनगरबाट चार सिकारीसहित एकनाल भरुवा बन्दुक र चार वटा मोटरसाईकल वनको गस्ति टोलीले नियन्त्रणमा लिइएको थियो । वन कार्यालय एक महिना लामो लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरेको छ । उस्ले यो अवधिमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोली बारुद, गुलेली र मटेङग्रा समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *