२०८१ मङ्सिर २७ गते बिहिवार

मध्यरातमा समाजवादी र राजपाको पार्टी एकता

वैशाख १०। बुधबार मध्यरातमा समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । एकता भएको नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । त्यस्तै चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ। समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन्।राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन्।

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *