२०८१ मङ्सिर १८ गते मङ्गलवार

दाङका १० जनाको रिपोर्ट नेगेटिभ,आइसोलेनमा २ जना


तुलसीपुर, वैशाख १० । बुधवार दाङका दश जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल बाट पठाइएका पाँच जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वाब पठाइएका थप पाँच जनाको रिपोर्टको नतिजा नेगेटिभ आएको छ ।

दाङ जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले अब थप दुईजना मात्रै आइसोलेसनमा रहेको जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका दश जना डिसचार्ज भएको हुँदा घोराहीस्थित प्रतिष्ठानको आइसोलेसनमा अब दुईजना मात्रै रहेका छन् । यसैबीच पाँच जना सबैको रिपोर्ट नेगेटिभ आएपछि बेलझुण्डीस्थित कारोना विशषे अस्पताल बुधवार बेलुकादेखि खालि भएको छ ।

फोकल पर्सन चन्दका अनुसार हालसम्म जिल्लावाट ७२ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै बुधवारसम्म जिल्लाका विभिन्न क्वारेन्टाइनमा गरेर ९७ जना राखिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बुधवारसम्म जिल्लाका विभिन्न स्थानमा गरेर २ सय ८८ वटा क्वारेन्टाइन बेड तयार पारिएको जानकारी दिएका छन् ।

जिल्लामा आइसोलेसन बेडको संख्या १ सय ६६ रहेको प्रजिअ रिजालले बताएका छन् । त्यस्तै पिपिई १ सय ४० थान रहेको उनले बताएका छन् । बुधवार जिल्लामा चार जनानको आरडिटी टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि प्रजिअ रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *