२०८१ फाल्गुन ७ गते बुधवार

उदयपुरमा एकैदिन ११ जनामा कोरोना पुष्टि


काठमाडौं, वैशाख १० । उदयपुरमा एकैदिन ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा मंगलवार संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबाट उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलवार उनीहरुकै सम्पर्कमा आएका थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

११ संक्रमितमध्ये ८ जनालाई मंगलवार विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ । त्यसअघि उनीहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको थियो।

योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। ५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन । एकैदिन ११ जनामा संक्रमण देखिएपछि प्रदेश नं. १ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *