२०८१ माघ १३ गते आइतवार

दाङमा मानव अधिकार अनुगमन समिति गठन

दाङ, बैशाख ९ । कोभिड–१९ को बारेमा भइरहेका कामहरुको अध्यन अनुगमन गर्न जिल्लामा एक समिति गठन गरिएको छ । विद्यमान अवस्थाको अध्ययन, अनुगमन गर्न जिल्ला मानव अधिकार अनुगमन समिति गठन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन, गैसस महासंघ बीच केन्द्र, प्रदेश र जिल्लामा समिति गठन गरिएको छ ।

समिति गठन कार्यबिधिमा नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन जिल्ला बार इकाई र गैसस महासंघ पदेन सदस्य हुने, पदेन सदस्यमा एकजना संयोजक हुने र पदेन सदस्यहरुले दुईजनालाई राष्ट्रिय मावन अधिकार आयोगको परामर्शमा मनोति गर्ने प्राव्धान छ । जस अन्तगर्त पदेन सदस्य संस्थाहरुको पहिलो वैठकले मानव अधिकार अनुगमन समिति दाङको संयोजकमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई चयन गरेको छ ।

त्यसैगरी समितिको सदस्यमा जिल्ला बारका अध्यक्ष शिबप्रसाद सुवेदी र गैसस महासंघ दाङको तर्फबाट सल्लाहकार साजिदा सिद्दीकीलाई चयन गरिएको छ । पदेन सदस्यहरुमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य रहेका छन् । मंगलवारको वैठकमा कोभिड–१९ पछि दाङ जिल्लामा मावन अधिकारको अवस्थाको विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *