२०८१ माघ २६ गते शनिवार

कैलालीका विकले पनि हराए कोरोनालाई


कैलाली, वैशाख ७ । कैलालीका एक युवापनि कोरोना भाइरसलाई पराजित गरेर आइतवार घर फर्किएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुर निवासी २१ बर्षीय राज विक कोरोनालाई हराएर घर फर्किएका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगातार दुई पटक पिसिआर परीक्षण गर्दा विकमा कोरोना भाइरस नदेखिएपछि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारतवाट आएका बिकलाई चैत २२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *