तुलसीपुर, बैशाख ६ । शनिवारसम्म बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेसनमा चारजना उपचाररत रहेका छन् । छिमेकी देश भारतवाट आएका घोराहीका एक दम्पत्ति, साईप्रसवाट आएका घोराहीकै अर्का एक पुरुष र भारतवाट आएकी शान्तिनगर गाउँपालिकाकी अर्की एक महिला रहेकी छन् ।
शुक्रवार शान्ति नगरकी महिलालाई आइसोलेनमा ल्याइएको थियो भने शनिवार घोराहीका थप तीनजनालाई ल्याइएको जिल्ला फोकल पर्सन कमल चन्दले फरककोणलाई जानकारी दिए । आइसोलेसनमा रहेका दुई महिला र दुई पुरुषको आइतवार स्वाब परीक्षणको लागि पठाउने तयारी गरिएको चन्दले जानकारी दिए ।
जिल्लामा शनिवारसम्म ५९ जना क्वारेन्टिनमा राखिएका छन् । जिल्लाका विभिन्न स्थानका क्वारेन्टिनमा उनीहरुलाई राखिएको चन्दले बताए ।
यसैबीच शनिवार बंगलाचुली गाउँपालिकाको क्वारन्टिनमा रहेका दश जनाको आरडिटी परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको चन्दले बताए । यसअघि बेलझुण्डी आइसोलेसनबाट ५७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।