
काठमाडौं, बैशाख ६ । नेपालमा कोराना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । शनिवार थप एकजना ६५ बर्षीय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तर ती पुरुष कुन ठाउँका हुन भन्ने बारेमा भने मन्त्रालयले खुलाएको छैन । नेपालमा कुल संक्रमितको संख्या ३१ पुगेपनि तीनजना भने निको भएर घर फर्किसकेका छन् ।
शनिवार मात्रै बाग्लुङकी एक ६५ बर्षीया महिला र काठमाडौंकी एक १९ बर्षीया युवती निको भएर घर फर्किएका हुन । यसअघि चिनवाट आएका एक नेपाली युवापनि निको भएर घर फर्कि सकेका थिए । शनिवार थप एकजनामा कोरोना पुष्टि भएसंग अव अस्पतालमा २८ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार