२०८१ फाल्गुन ७ गते बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो


काठमाडौं, वैशाख ५ । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । मस्जिदका १६ जना मध्य १२ जनामा कोरोनो भेटिएको छ ।

शुक्रवार नै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। बेलायतबाट हङकङ हुँदै नेपाल आएका उनीहरुमा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *