२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुरका तीनसहित ८ जनाको रिपोर्ट नेगेटिभ


तुलसीपुर, बैशाख ४ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका थप आठ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले उक्त जानकारी दिएका हुन ।

विहीवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा रहिमुल्ला पसलका सञ्चालक परिवारका तीन सदस्यसहित राप्ती गाउँपालिका वडा नं. १ का एकै परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

रहिमुल्ला परिवारका तीन बाबु छोरालाई भने समाजको आशंकाका कारण स्वाब परीक्षणको लागि लगिएको थियो । भारतीय मस्जिदबाट त्यस परिवारका व्यक्ति हालसालै आएको भन्ने हल्ला व्याप्त भएपछि स्थानीय प्रशासनले उनीहरुको स्वाब परीक्षण गर्न लगाएको थियो । यद्यपी उनका एक छोरा अमन अन्सारीले भने आफ्नो बुमा मंसिर यता भारत नगएको बताएका थिए ।

त्यसैगरी विहीवार रिपोर्ट नेगेटिभ आउने मध्य पाँच जना एकै परिवारका सदस्य छन् । जो चैत १७ गते बीरगन्जवाट कैलाली पुगेकी एक संक्रमित महिला संगै यात्रा गरेका थिए । दाङको राप्ती गाउँपालिका वडा नं. १ मा निवासी उनीहरु संक्रमित महिला संगै बीरगन्जवाट दाङको भालुवाङ बजारसम्म यात्रा गरेर आएका थिए । उनीहरुलाई मंगलवार बेलुकी अवेर खोजेर बेलझुण्डी अस्पतालको आइसोलेनसमा लगिएको थियो ।

बुधवार मात्रै बीरगन्जवाट कैलाली पुगेकी कोरोना संक्रमित महिलासंगै यात्रा गरेकी दाङकी एकमहिनासहित नौ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ बर्षीया एक महिला र उनका परिवारका थप पाँच सदस्य र अन्य तीनजा युवाको रिपोर्ट नेगेटिभ आएको थियो ।

बुधवार नेगेटिभ रिपोर्ट आउने मध्य विदेशवाट आएका राजपुर गाउँपालिकाका दुई युवा र नवलपरासी जिल्ला घर भइ घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक मजुदरपनि थिए ।

बेलझुण्डी कोरोना विशेष अस्पतालवाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । दाङबाट कुल ५७ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *