शंकर केसी,
सल्यान, बैशाख ४ । सल्यानमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु भएको छ । विहीबार कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिकामा परीक्षण सुरु भएको छ । शुक्रबार सिद्धकुमाख, छत्रेश्वरी र कुमाख गाउँपालिकामा परीक्षण गरिने छ ।
शनिबार शारदा नगरपालिका र बागचौर नगरपालिकामा र ७ गते आईतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा परीक्षण गरिने छ ।
यसैबीच कपुरकोटमा ४७ जनाको परीक्षण गरिएको छ । गाउँपालिकामा ३६ जनाको ¥यापिड टेष्ट भएको थियो । हालसालै श्रीलंकाबाट फर्किएका गाउँपालिका अध्यक्ष भिमबहादुर सेनको पनि ¥यापिड टेष्ट गरिएको छ।
त्यसैगरी चैत्र २७ गते विदेशबाट फर्किएका ११ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेत पठाइएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा करिव ७ सय किट आएको र दुई वटा टोलि ¥यापिड टेष्टमा खटिएको छ ।