२०८१ बैशाख ११ गते मङ्गलवार

भारतवाट आएका रूकुम पश्चिमका दुई जनामा कोरोना देखियो

सुर्खेत, वैशाख ४ । रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।उनीहरू केही दिनअघि मात्रै भारतबाट आएका हुन । धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा दुईजनामा कोरोना भेटिएपछि फेरि जाँच्नका लागि स्वाब विहीवार काठमाडौं पठाइको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिको र फेरि परीक्षण गर्न काठमाडौं पठाइएको जानकारी दिएका छन् ।

उनले सुर्खेतमा पिसिआर मेसिन नभएका हुँदा आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाइएकोमा दुई जनाको पोजेटिभ देखिएको खड्काले जानकरी दिए । कोरोना देखिएका दुबैजना युवा होम क्वारेन्टिनमा बस्दै आएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *