२०८३ कार्तिक १३ गते बिहिवार

९ जना मध्य ४ को रिपोर्ट नेगेटिभ, ५ को प्रतिक्षा

तुलसीपुर, वैशाख ३ । संक्रमित महिलासंगै यात्रा गरेकी घोराहीकी एक महिलासहित चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालवाट नौं जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाइएको थियो ।

त्यस मध्य बीरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४गोरखा टोल निवासी ६२ बर्षीया महिला, उनका परिवारका थप दुई सदस्य र राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्ट नेगेटिभआएको छ ।

मंगलवार पठाइएका मध्य अब घोराहीकी ती महिलाका परिवारका थप ३ सदस्य र राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्टआउन बाँकी रहेको छ । उनीहरु सबैको रिपोर्ट पनि बुधवार बेलुका सम्म आइपुग्ने जानकारी दिइएको छ ।

चैत १७ गते कैलाली पुगेकी महिला र दाङ घोराहीकी एक महिलाले एउटै बसमा यात्रा गरेको सोमवार पत्ता लागेपछि ती महिलाका घरपरिवाकार थप पाँच जनालाई पनि बेलझुण्डी अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो ।

थप पाँच आइसोलेसनमा

अब बेलझण्डी अस्पतालको आइसोलेसनमा संक्रमित महिला संगै यात्राका  दाङको भालुवाङ क्षेत्रका थप पाँच जना रहेका छन् । उनीहरुसबै राप्ती गाउँपालिकाका हुन ।

मंगलवार बेलुका मात्रै उनीहरुलाई अस्पताल पुर्याएको थियो । उनीहरुको स्वाब संकलन हुन भने अझैं बाँकी नै छ ।

यसअघि बेलझुण्डी अस्पतालवाट  ४० जनाको स्वाब परीक्षणको लागि  काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *