२०८२ पुष ३० गते बुधवार

९ जना मध्य ४ को रिपोर्ट नेगेटिभ, ५ को प्रतिक्षा

तुलसीपुर, वैशाख संक्रमित महिलासंगै यात्रा गरेकी घोराहीकी एक महिलासहित चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको

मंगलवार तुलसीपुरस्थित बेलझुण्डी कोरोना विषेश अस्पतालवाट नौं जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाइएको थियो

त्यस मध्य बीरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४गोरखा टोल निवासी ६२ बर्षीया महिला, उनका परिवारका थप दुई सदस्य राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्ट नेगेटिभआएको

मंगलवार पठाइएका मध्य अब घोराहीकी ती महिलाका परिवारका थप सदस्य राजपुर गाउँपालिकाका अर्का एक युवाको रिपोर्टआउन बाँकी रहेको उनीहरु सबैको रिपोर्ट पनि बुधवार बेलुका सम्म आइपुग्ने जानकारी दिइएको

चैत १७ गते कैलाली पुगेकी महिला दाङ घोराहीकी एक महिलाले एउटै बसमा यात्रा गरेको सोमवार पत्ता लागेपछि ती महिलाका घरपरिवाकार थप पाँच जनालाई पनि बेलझुण्डी अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो

थप पाँच आइसोलेसनमा

अब बेलझण्डी अस्पतालको आइसोलेसनमा संक्रमित महिला संगै यात्राका  दाङको भालुवाङ क्षेत्रका थप पाँच जना रहेका छन् उनीहरुसबै राप्ती गाउँपालिकाका हुन

मंगलवार बेलुका मात्रै उनीहरुलाई अस्पताल पुर्याएको थियो उनीहरुको स्वाब संकलन हुन भने अझैं बाँकी नै

यसअघि बेलझुण्डी अस्पतालवाट  ४० जनाको स्वाब परीक्षणको लागि  काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *