२०८१ मङ्सिर २७ गते बिहिवार

आज दाङबाट ९ जनाको स्वाब भैरहवा पठाइने


तुलसीपुर, वैशाख २ । आजदाङवाट नौं जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाइने भएको छ । बिरगन्जवाट कैलाली पुगेकी एक ६५ बर्षीया संक्रमित महिलासंगै संगै यात्रा गरेकी दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ बर्षीया एक महिला र उनका परिवारका पाँच जना सदस्यहरुको समेत स्वाब परीक्षणको लागि मंगरवार भैरहवा पठाइन भएको छ ।

बेलझुण्डी कोरोना विषेश अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले उनीहरु ६ जनासहित आइसोलेनमा रहेका नौं जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाउने तयारी गरिएको जानकारी दिए ।

दाङका कोरोना फोकल पर्सन कमल चन्दले भने स्वाब परीक्षणको लागि कहाँ पठाउने भन्ने एकिन भइ नसकेको जानकारी दिए ।

‘काठमाडौं वा भैरहवा जहाँ छिटो परीक्षण हुने संभवाना हुन्छ त्यही पठाउने छौं,’ चन्दले भने ‘त्यसका लागि सल्लाह भइरहेको छ।’ उनले बझुेर मात्रै स्वाब कहाँ पठाउने ? भन्ने टुंगो लाग्ने जानकारी दिए ।

सोमवार मात्रै कैलाली पुगेकी महिलामा कोरोना पुष्टि भएपछि उनी संगै यात्रा गरेकी घोराहीकी महिला र उनका परिवारका थप पाँच जना सदस्यलाई बेलझण्डी अस्पतालको आइसोलेसनमा लगिएको थियो ।

त्यसैगरी केहीदिन अगाडिदेखि बेझुण्डी अस्पतालको आइसोलेसनमा उपचाररत थप तीन जनाको पनि मंगलवा स्वाबपनि परीक्षणको लागि पठाउन लागिएको छ । त्यसमा राजपुर गाउँपालिकाका दुई जना र घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक युवा रहेका छन् । सगरमाथा सिमेन्टमा मदजुरको रुपमा कार्यरत ती युवा नवरपरासी जिल्लाको भएको बताइएको छ ।

जिल्लामा मंगलवार विहानसम्म थप ४१ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य केहीलाई पनि ल्याउने तयारी गरिएको भन्ने सूचना आफुलाई दिइएको कोरोना जिल्ला फोकल पर्सन कलम चन्दले बताए । यसअघि दाङबाट ४० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *