२०८१ बैशाख १५ गते शनिवार

संक्रमित महिलासंगै आएकी दाङकी महिलाको पहिचान भयो


तुलसीपुर, बैशाख १ । कोरोना भाइरस संक्रमित महिलासंगै यात्रा गरेकी घोराहीकी एक महिलासहित उनका परिवारका ५ सदस्यलाई पनि आइसोलेनमा लैजान थालिएको छ ।

चैत १७ गते बिरगन्जवाट कैलाली पुगेकी ६५ बर्षीया संक्रमित महिला संगै एउटै गाडीमा यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोलकी एक महिला र उनका परिवारका थप पाँच सदस्यलाई खोजेर आइसोलेनमा लैजान लागिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले ती महिलाको पहिचान गरेर दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा सोमवार बेलुका नै लैजाने गरि तयारी भइरहेको जानकारी दिए ।

‘उहाँ घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोलकी हुनुहुन्छ,’ प्रजिअ रिजालले भने ‘ उहाँसंगै परिवारका पाँच सदस्यलाई पनि अस्पताल लैजान थालेका छौं।’

विरगन्जवाट कैलालीको लम्की चुहा नगरपालिका–१ स्थित आफन्तकोमा गएकी एक ६५ बर्षीया महिलामा सोमवार मात्रै कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसपछि प्रहरीले उनीसंगै यात्रा गरेकी दाङकी ती महिलाको पनि खोजी सुरु गरेको थियो ।

संक्रमित महिलासँगै १७ जनाको टोली वीरगञ्जबाट गत चैत १७ गते कैलालीको लम्की पुगेकोमा दाङकी एक महिला र सुर्खेतका अर्का एक जना थिए । अन्य जम्मै तीनै संक्रमित महिलाका परिवारका सदस्यहरु थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *