२०८१ मङ्सिर १७ गते सोमवार

दाङमा सोमवारसम्म क्वारेन्टाइनमा ३९ र आइसोलेसनमा ३ जना


तुलसीपुर, वैशाख १ । दाङमा कोरोना भाइरसको आशंकामा तीन जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तुलसीपुरको कोरोना विषेश अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले आइवारसम्म एकजना मात्रै आइसोलेसनमा रहेपनि सोमवार त्यो संख्या तीन पुगेको जानकारी दिएका छन् ।

यसअघि जिल्लाका ४० जनाको स्वाब परीक्षण गरिएको थियो । तर उनीहरु सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो ।

यसैबीच जिल्लाका विभिन्न क्वारेन्टाइनमा सोमवार सम्म ३९ जनालाई राखिएको जानकारी दिइएको छ । उनीहरु मध्य आइतवार १४ जनाको र्यापिड टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैको नतिजा नेगेटिभ आएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

किट आएपछि पहिलो टेष्ट घोराही कुइरेपानीको क्वारेन्टाइनमा ३ रहेका जनाको गरिएको थियो । त्यसपछि तुलसीपुरको रक्षाचौरको क्वारेन्टाइनमा रहेका १० जना र कोरोका विशेष अस्पताल वेलझुण्डीमा रहेका एकजना समेत गरि १४ जनाको र्यापिड टेष्ट गरिएको थियो ।

शनिवार मात्रै किट जिल्लामा ल्याइएको र आइतवारबाट र्यापिड डाइग्नोष्टिङ्ग टेस्ट (आरडिटी) सुरु भएको चन्दले जानकारी दिए ।

र्यापिड टेष्ट क्वारेन्टाइनमा बसेको अन्यको १४ दिन पुगेपछि मात्रै गर्ने गरिन्छ । त्यो अवधि नपुगेको हुँदा सोमवार कसैको पनि टेष्ट नगरिएको चन्दले बताए । र्यापिड टेष्टमा १५ मिनेटमै नतिजा आउने गर्छ । अबदेखि जिल्लाका दशवटै पालिकाले आफै र्यापिड टेष्ट गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *