२०८१ माघ १० गते बिहिवार

रौतहट र कैलालीमा दुई नयाँ संक्रमित फेला परे


दाङ, वैशाख १ । नयाँ वर्ष विक्रम संवत २०७७ साल वैशाख १ गते नेपालमा दुई जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । रौतहटका एक १९ बर्षीय युवा र बिरगन्जवाट कैलाली पुगेकी ६५ बर्षीया एक महिलामापनि सोमवार कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । सोमवार रौतहटमा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

सोमवार बिहान मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया एक महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *