तुलसीपुर,चैत ३० । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा एकजना मात्रै आइसोलेसनमा रहेका छन् ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले आइतवार फरककोणलाई स्थानीय एकजना विरामी मात्रै आइसोलेनमा रहेको जानकारी दिए । ती व्यक्ति सामान्ने विरामी रहेको हुँदा ल्याएर आइसोलेनमा राखेर उपचार भइरहेको प्रजिअ रिजालले बताए ।
एकजनाको स्वाब परीक्षणको लागि छिट्टै पठाउने तयारी भइरहेको उनले बताए । तर भैरहवा पठउने वा काठमाडौं पठाउने भन्ने एकिन भइनसकेको प्रअिज रिजालले बताए ।
अब दाङमा जिल्लाका विभिन्न स्थानमा गरि ४२ जना क्वारेन्टाइनमा रहेको रिजालले बताएका छन् । तुलसीपुरस्थित गुरुजजुर मावि, घोराहीको कुईरेपानी, बंगलाचुली र गढवा लगाएमा निर्माण गरिएका क्वारेन्टाइनमा गरि विदेशवाट आएका ४२ जना मानिसहरु राखिएको रिजालले जानकारी दिए ।
त्यस्तै उनले जिल्लामा आइतवार १०० वटा किटहरु आइपुगेको जानकारी दिए । जिल्लाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, बेलझुण्डीको कोरोना विषेश अस्पताल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान लगाएका संघ संस्थामा ती किटहरु प्रदान गरिने उनले बताए । दाङबाट हालसम्म ४० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।