२०८० चैत्र १६ गते शुक्रवार

तीन भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना पुष्टि


बिरगञ्ज, चैत ३० । विरगञ्जको एक मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । उनीहरुको शुक्रबार हेटौंडामा गरिएको प्रारम्भिक परीक्षणमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि फेरि उनीहरुको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो । काठमाडौंको टेकुस्थित प्रयोगशाला स्रोतले तीनै जनामा संक्रमण देखिएको पुष्टि गरेको छ।

तीन भारतीय वीरगन्जको एक मस्जिदमा बसिरहेका मुस्लिम धर्म प्रचारकहरु हुन । वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट उनीहरुलाई कोरोना आशंका भएपछि नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *