२०८१ माघ २६ गते शनिवार

दाङवाट पठाइएका २० जनाको रिपोर्ट नेगेटिभ

na
दाङ, चैत २८ । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । विहीवार सात जनाको रिपोर्ट आएको थियो भने शुक्रवार थप १२ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।

गौरीफन्टा नाकावाट आएका मध्य शुक्रवार दाङका पाँच र प्यूठानका दुई युवा रहेका थिए । विहीवार दाङका सात जना र प्यूठान जिल्लाका एक जनाको रिपोर्ट आएको थियो ।

त्यसमा कैलालीको कोरोना भाइरस संक्रमित युवा संगै गौरीफन्टा नाकावाट आएका ११ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । जसमा दाङका आठ र प्यूठानका तीन युवा थिए । मंगलवार बेलझुण्डी अस्पतालवाट २० जना युवाहरुको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।

त्यसमा भारतको रुपैडीहा नाकावाट आएका दाङ घोराहीका एक युवा र दुबई वाट आएका तुलसीपुरका चार युवा,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत एक कार्यालय सहयोगी र दुबई बाट आएका प्यूठानका थप दुई जना युवाहरु पनि थिए । रिपोर्ट नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

हालसम्म दाङबाट पठाइएका ४० जनाको स्वाब परीक्षण भएपनि सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *