२०८१ मङ्सिर १७ गते सोमवार

कपुरकोटबाट ११ जनाको स्वाब परीक्षण गर्न पठाइयो

शंकर केसी,
सल्यान, चैत २७ ।सल्यानको कपुरकोटबाट ११ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको छ ।जिल्ला अस्पताल सल्यानको प्राविधिक टोली आएर विहीवार विदेशबाट घर फर्किएका शंकाष्पद ११ जनाको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारी दिए ।

कपुरकोट गाउँपालिकामा हालसालै ३१ जना विदेशवाट फर्किएका मानिसहरु छन् । उनीहरुका घरमा यसअघि नै स्वास्थ्यकर्मी पुगेर अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेका छन् । त्यस्तै कपुरकोट गाउँपालिकामा एक हजार चार सय १६ जना विभिन्न देशमा रहेको तथ्याङ्क गाउँपालिकाले पत्ता लगाएको छ । विवरण अनुसार गाउँपालिकाका ६१२ जना भारत, ३३७ जना मलेसिया, १७४ जना साउदी अरबमा रहेका छन् ।

त्यस्तै १४७ जना कतार, ८२ जना दुबई, २४ जना कुबेत, १६ जना जापान, माल्दिभ्स र अमेरिकामा एक÷ एक जना तथा अन्य विभिन्न देशमा २२ जना रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारिले जानकारी दिए ।गाउँपालिकाका ६ वटै वडाका गाउँ टोलहरुमा कोरोना भाइरस संक्रमण फैलन नदिन निगरानी समुह पनि गठन गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *