
तुलसीपुर, चैत २५ । दाङबाट मंगलवार १९ जनाको स्वाब परीक्षणको लागि काठमान्डौं पठाउने तयारी गरिएको छ । दाङ तुलसीपुरकोविजौरीस्थित कोरोना विषेश अस्पतालको आइसोलेसनमा रहेका १९जनाको स्वाब एकै पटक काठमाडौं परीक्षणको लागि पठाउनलागिएको हो ।
बेलझुण्डी विषेश अस्पतालको आइसोलेसनमा रहेका १९ जनाको मंगलवार राति अवेरसम्म स्वाब संकलन गरेर एम्बुलेन्स मार्फतपरीक्षणको लागि काठमाडौं पठाउन लागिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका हुन ।
कैलालीका एकजना युवासंगै आएका दाङका आठ जना र प्यूठानका तीन जनासहित १९ जनाको स्वाब संकलन गरेर पठाउन लागिएकोउनले जानकारी दिए ।
गौरीफन्टा नाकामा कैलालीका संक्रमित युवासंगै आएका दाङका दश जना मध्य हालसम्म आठ जना मात्रै आइसोलेसनमा आएका छन् ।थप दुईजनाको पहिचान खुल्न नसकेको प्रजिअ रिजालले जानकारी दिएका छन् । जसमा घोराहीका पाँच जना, बबई गाउँपालिकाकाएकजना, लमहीका एकजना र राजपुर गाउँपालिकाका एकजना छन् ।
त्यसैगरी दुबैवाट आएका तुलसीपुरका चार जना, शान्तिनगर गाउँपािलका निवासी र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका विरामीएक कार्यालय सहयोगी,भारतको रुपैडीहा बाट आएका घोराहीका थप एकजना र दुबैबाट आएका प्यूठानका थप दुई जना गरि १९जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाउन लागिएको दाङका प्रमुख जल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।
आइतवारदेखि प्रदेश नं। ५ को भैरहवामा कोराना भाइरसको स्वाब परीक्षण सुरु भएको छ । तर त्यहाँ नपठाएर दाङवाट स्वाबपरीक्षणको लागि काठमाडौं पठाउन लागिएको छ ।
चिकित्सकहरुले स्वाब परीक्षणगर्न काठामडौं नै पठाउने भनेको हुँदा भैरहवा नपठाएर त्यहाँ पठाउन लागिएको प्रजिअ रिजालले बताए ।
गौरीफन्टा नाकावाट कैलालीका संक्रमित युवासंगै आएका भनिएका दाङका दश मध्य दुईजना भने अझैं सम्पर्कमा आएका छैनन् ।स्थानीय वडाहरुमा खोजी गर्दा समेत उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ ।