Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


अब दाङमा १६ जना मात्रै क्वारेन्टाइनमा, कहाँ कति ?


तुलसीपुर, चैत २३ । दाङ तुलसीपुर रक्षाचौरस्थित गुरुजजुर नमुना माविको क्वारेन्टाईनमा आइतवारसम्म ११ जनालाई राखिएको छ । त्यसमा दुबईवाट आएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ ड्वाँङपुरका दुई जना र भारतको विभिन्न स्थानवाट आएका अन्य नौं जना रहेका छन् ।

तुलसीपुरका जनश्वास्थ्य निरिक्षक विमल केसीका अनुसार ११ जना मध्य दुबईवाट आएका दुईजनाको स्वाब परीक्षणको लागि पहिलो लटमा काठमाडौं पठाउने तयारी गरिएको छ । तर उनले, क्वारेन्टाईनम बसेका कसैमा पनि हालसम्म कुनै प्रकारको स्वास्थ्य समस्या देखिएको छैन ।

तुलसीपुरका १९ वडामा कुल दुई सय ८७ जना मानिसहरु विदेशवाट घर फर्किएको तथ्याङ्क रहेको जनश्वास्थ्य निरिक्षक केसीले जानकारी दिए ।

दाङ जिल्लाका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिकामा २ जना र घोराहीमा थप ३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यो बाहेक जिल्लामा कतैपनि अरु मानिस क्वारेन्टाइनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal