२०८१ बैशाख ८ गते शनिवार

बेलझुण्डी अस्पालमा रहेका चारै जनाको रिपोर्ट नेगेटिभ

तुलसीपुर, चैत २३ । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालको आइसोलेसनमा उपचाररत चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । रोल्पाका दुईजना र दाङका दुईजना गरि चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । काठमान्डौंवाट शनिवार बेलुका रिपोर्ट प्राप्त भए लगतै दाङका दुईजना डिस्चार्ज भइ घर पुगिसकेका छन् ।

कोरोना विषेश अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माका अनुसार रोल्पाका दुईजना घर लैजान रोल्पावाट आइतवार गाडी आउने भन्ने जानकारी आएको छ ।

रोल्पाका दुईजना समेत डिस्चार्ज भएपछि कोरोना विषेश अस्पताल बेलझुण्डीको आइसोलेसनमा अब एकजना पनि विरामी रहने छैनन् ।

२० जनाको स्वाब परीक्षण गर्दा कसैमा कोरोना भेटिएन
बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विषेश अस्पतालको आइसोलेनमा बसेका मध्य २० जनाको रिपोर्ट परीक्षणको लागि काठमान्डौं पठाएकोमा सबैको परीक्षण रिपोर्ट नेगेटिभ नै आएको छ । परीक्षण गरिएका २० जना सबै सबै विदेशवाट आएका व्यक्तिहरु रहेको दाङ जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

बेलझुण्डीबाट १५ र प्रतिष्ठानबाट ५ जना गरि २० जनाको कोरोना परीक्षणको लागि स्वाब काठमाडौं पठाइएको थियो । यसअघि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा बसेका पाँच जना विरामी सबैको परीक्षण रिपोर्टपनि नेगेटिभ नै आएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *