२०८१ माघ १३ गते आइतवार

तीन महिनामा विश्वभर कोरोनावाट ६४ हजार ७ सय १० को मृत्यु

दाङ, चैत्र २३। तीन महिनाको अवधिमा विश्भर कोरोना भाइरसबाट कुल ६४ हजार ७ सय १० जनाको मृत्यु भएको छ । विभिन्न देशको प्राप्त तथ्याङकले त्यो देखाएको छ । तर, त्यो भन्दा धेरै गुना संक्रमित मानिस निको भएर घर गएको देखिएको छ ।

कुल १२ लाख संक्रमित मध्य २ लाख ४६ हजार ४ सय ९६ जना संक्रमित निको भएका विश्व तथ्याङ्कले देखाएको छ । संक्रमित मध्ये हाल ९५ प्रतिशतको स्वास्थ्य अवस्था मध्यम रहेको तथा ५ प्रतिशतको अवस्था गम्भीर रहेको प्राप्त रिपोटहरुमा उल्लेख छ ।

तीन महनिा अगाडि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । त्यो आज विश्वका दुईसय बढी मुलुकमा फैलिएको छ । आज युरोप र अमेरिकालाई सबैभन्दा धेरै प्रभावित तुल्याएको छ । संसारमा १२ लाख बढी संक्रमित मध्य एक चौथाइ संक्रमित अमेरिकामा मात्रै रहेका छन् ।

हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ।

त्यसैगरी सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिकापछि क्रमशः स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन्।

स्पेनमा संक्रमितको संख्या सवा लाख बढी रहेको छ । त्यस्तै इटालीमा करिब सवा लाख मानिस संक्रमित छन् । जर्मनीमा ९६ हजारबढी संक्रमित छन भने फ्रान्समा हालसम्म करिब ९० हजारलाई संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै इटालीमा मानिसहरुको मृत्यु भएको छ । त्यसपछि क्रमशःस्पेन, अमेरिका, फ्रान्समा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको छ । एजेन्सिको सहयोगमा ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *