२०७८ बैशाख ३१ गते शुक्रवार

कैलालीका थप दुई व्यक्तिमा कोरोना भाइरस पुष्टि


दाङ, चैत २२ । सुदुरपश्चिमको कैलालीमा थप दुई जनामा कोराना भाइरसको पुष्टि भएको छ । यो सहित कैलाली कञ्चनपुरमा मात्रै तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।

शनिवार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय एक पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय थप अर्का पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी भाउजुलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना पुष्टि भएका तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा उपचार भइरहेको छ । युएईबाट नेपाल आएका देउवरका कारण भाउजुलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *