२०८१ बैशाख १३ गते बिहिवार

आज थप ४ जनाको स्वाब काठमाडौं पठाइयो


तुलसीपुर, चैत २१ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत चार जनाको स्वाब परीक्षणको लागि शुक्रवार काठमाडौं पठाइएको छ । कोरोना विशेष अस्पतालका सदस्य सचिव तथा राप्ती उपक्षेत्रिय अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले फरककोणलाई त्यो जानकारी दिएका हुन ।

‘शुक्रवार मात्रै विशेष अस्पतालको आइसोलेनमा रहेका ४ जनाको स्वाब परीक्षणका लागि हामीले नेपालगन्जबाट विमान मार्फत काठमाडौं पठाइएको छौं,’ डा. शर्माले भने ‘ आशा छ भोलि साँझसम्म उनीहरुको रिपोर्ट आउने छ ।’

लक–डउनका कारण स्वाब पठाउने साधन र मानिस नपाउँदा बाँकेस्थित राँझा विमानस्थलवाट काठमान्डौं पठाउनु परेको शर्माले जानकारी दिए । बेलुझण्डीको आइसोलेसनमा बसेर उपचार गराइरहेका मध्य दाङका दुई जना र रोल्पाका दुईजना रहेका छन् ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा हालसम्म ६७ जना ज्वरोका विरामी सेवा लिन आएको र त्यसमध्य १७ जना कारोना भाइरसको आशंकामा आइसोलेसनमा बसेर उपचार गरेका थिए । आईसोलेसनमा बसेका १७ जनामध्य १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।

अब चार जनाको रिपोर्टको प्रतिक्षा भइरहेको डा. शर्माले जानकार िदिए । डा. शर्माका अनुसार यो खवर तयार पार्दासम्म थप कुनैपनि विरामी विशेष अस्पतालमा भर्ना हुन आएका छैनन् । सुरुका केही दिनहरुमा बुटवलवाट चिकित्सक आएर दाङमा विरामीको नमुना संकलन गरेको भएपनि पछिल्लो समय दाङमै विरामीको नमुना संकलन हुन थालेको छ । यद्यपी देशका सबै प्रदेशहरुमा कोरोनाको परीक्षण सुरु भइसकेको भएपनि हालसम्म प्रदेश नम्वर ५ मा मात्रै त्यो हुन सकेको छैन ।

त्यसैले अझैपनि यहाँ स्वाब परीक्षणको लागि काठमाडौं नै पठाउनु पर्ने बाध्यता छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले भने आइतवारदेखि बुटवलबाट कोरोना परीक्षण सुरु हुने जानकारी दिए ।

त्यसपछि एक घन्टा भित्रै एकजनाको रिपोर्ट सार्वजनिक गर्न सकिने मन्त्री बरारलले बताए । उनले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालमा पनि कोरोना चेकजाँच गर्ने ल्याव छिट्टै आइपुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *