२०८१ फाल्गुन ६ गते मङ्गलवार

बाग्लुङकी अर्की महिलामा पनि कोरोना भाइरस पुष्टि


काठमान्डौं, चैत २० । बाग्लुङकी अर्की एक महिलालाई पनि कोरोना भाइरस संक्रमनको पुष्टि भएको छ ।बाग्लुङ गौंडाकोटकी ६४ वर्षीया महिलामा विहीवार कोरोना भाइरस पुष्टि भएको हो ।

यसअघि बाग्लुङकै १९ वर्षीया किशोरीमाा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए। उनीहरु नातेदार समेत रहेको खुल्न आएको छ ।

संक्रमित महिलालाई धौलागिरी अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।
गत चैत ४ गते कतार एअरको क्युआर ६५२ जहाजमै आएकी काठमाडौंकी अर्की एक १९ वर्षीया किशोरीलाई पनि कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *