२०८१ मङ्सिर १७ गते सोमवार

रेडक्रसले तोक्यो स्थानियतहमा सम्पर्क व्यक्ति


तुलसीपुर, चैत्र १९ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले जिल्लाका दशवटै स्थानीय तहसंग आवस्यक समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ । रेडक्रस दाङ शाखा सभापति नारायण आर्चायको अध्यक्षतामा बुधबार तुलसीपुरमा बसेको बैठकले कोरोना भाइरस नियन्त्रणमा दाङका स्थानीय सरकारलाई आबस्यक सहयोग गर्न भन्दै सम्पर्क व्यक्ति तोकेको हो ।

शाखाका दाङका मन्त्री प्रकाश श्रिवन्दको संयोजकत्वमा गठित समितिमा दंगीशरण गाँउपालिकाको लागि प्रकाश डाँगी, ववई गाँउपालिका र शान्तिनगर गाँउपालिकामा भरतवहादुर वली, शरदराज गिरी र नन्दलाल वली रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको लागि विश्राम अधिकारी,सन्तोष ढकाल,भिमलाल मरासिनी, सुशील न्यौपाने र खेमराज विश्वकर्मा छन् । घोराही उपमहानगरपालिकाको लागि थम्मन चौधरी, दिलिप न्यौपाने र मिनराज शर्मा रहेका छन् । लमही नगरपालिकामा मदन गौतम,थानेश्वर गैरे र मदन अधिकारी छन् ।

त्यस्तै राप्ती गाँउपालिकामा गंगाराम भट्राई र प्रमोद पौडेल,गढवा र राजपुर गाँउपालिकाको लागि शंकर पाण्डे , दिपककुमार यादव र पुष्पा यादवलार्ई सम्पर्क व्यक्ति तोकिएको छ ।बैठकले तुलसीपुर र घोराही रहेका रक्तसंचार केन्द्रहरुमा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय संग आवश्यक समन्वय गर्ने निर्णयपनि गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *