२०८१ बैशाख ७ गते शुक्रवार

कुबेतवाट आएकी यवतीसहित पाँचको रिपोर्ट नेगेटिभ


तुलसीपुर, चैत १७ । चैत ६ गते कुवेतवाट आएकी कोरोना संक्रमित काठमाडौंकी युवतीसंग आएकी दाङकी एक युवतीसहित पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दाङको बबई गाउँपालिका निवासी २१ बर्षीया एक युवतीसहित थप चारजनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिइएको छ ।

तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत ६ जनाको नमुना संकलन गरि परीक्षणको लागि काठमाडांैस्थित राष्ट्रिय जनश्वास्थ्य प्रयोग शाला टेकुमा पठाइएको भएपनि एकजनाको रिपोर्ट भने आउन बाँकी रहेको जानकारी दिइएको छ ।

रिपोर्ट नेगेटिभ आएका पाँच जनालाई अवस्था हेरेर आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ । तर उनीहरुलाई थप एक डेढ हप्ता घरमै क्वारेन्टाईनमा बस्न सझुाव दिइने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका उपसंयोजक विमल केसीले जानकारी दिए ।

बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ११ जना आइसोलेनसमा बस्दै आएको भएपनि रिपोर्ट नेगेटिभ आएका पाँच जनाको डिस्चार्ज भए अव त्यहाँ बेलझुण्डीमा थप ६ जना मात्रै रहने भएका छन् । उनीहरु दाङको देउखुरी क्षेत्र र धर्ना गाउँतिरका विरामीहरु रहेको केसीले जानकारी दिए ।

उनीहरु सबै छिमेकी देश भारतवाट आएका र सामान्ने विरामी अवस्थामा रहेको हुँदा आइसोलेसनमा बस्दै आएको केसीले बताए । यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा बस्दै आएका पाँच जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । स्वाब परीक्षण भएका जिल्लाका दशजना सबैको रिपोर्ट नेगेटिभ आएको हुँदा हालसम्म दाङ कोरोना मुक्त रहेको देखिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *