२०८१ बैशाख ७ गते शुक्रवार

बाग्लुङकी एक युवतीमा पनि कोरोना भाइरस पुष्टि


काठमान्डौं, चैत १५ । नेपालमा थप अर्की एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन ।

ती युवती बाग्लुङ जिल्लाकी हुन । उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएकी थिइन । शनिवार कोरोना पुष्टि भएकी युवती र यसअघि काठमान्डौंकी कोरोना संक्रमित अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको जानकारी दिइएको छ । शुक्रबार मात्रै दुबईबाट आएका अर्का महेन्द्रनगरका अर्का एक युवामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *