२०८१ बैशाख १३ गते बिहिवार

धनगडीका एक युवामा कोरोना पुष्टि

काठमान्डौं, चैत १५ । राजधानी बाहिर धनगडीका एक व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको छ । यो संगै नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस फेला परेको छ।

दुबईवाट आएका धनगढीका ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।
उनको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुबईबाट आएपछि ती युवा चैत ११ गते अस्पताल भर्ना भएका थिए।

काठमान्डौंमा गरिएको स्वाब परीक्षण पछि ती युवामा कोरोना भाइरस फेला परेको हो । यो उपत्यका बाहिर कोरोना संक्रमणको पहिलो केस हो।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *