२०७८ असार ४ गते शुक्रवार

दाङका दुई जनामा कोरोनाको संक्रमण भेटिएन


घोराही, चैत १४ । दाङबाट कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ । भारतको गोलगाँउवाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानवाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले शुक्रवार उनीहरु दुबैजनामा कोरोनाको संक्रमण फेला नपरेको जानकारी दिएका हुन ।

दुई दिन अगाडि मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले उनीहरु दुईजनाको स्बाव लगेर आफैं काठमान्डौं गएकी थिइन । शुक्रवार मात्रै त्यसको रिपोर्ट सार्वजनकि भएको हो । काठमान्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रवार उक्त रिपोट दिएको हो ।

कोरोना भाइरसको आंशका पछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भइ उपचार गराई रहेका उनीहरुलाई शुक्रवार नै डिस्चार्ज गरेर घर पठाउने कायममुकायम रजिष्टार देवले जानकारी दिएका छन् । तर उनीहरुलाई घरमा गएपनि क्वारेन्टाईनमा बस्न सल्लाह दिने देवले बताएका छन् ।

प्रतिष्ठानको आईसोलेनमा रहेर उपचाररत थप तीन जना आशंका गरिएका विरामीको रिपोर्ट भने अझैं आइपुगेको छैन । बुटवलवाट आएको चिकित्सकको टोलिले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरु मध्य एकजना घोराहीका र थप दुई जना गढवा गाउँपालिकाका युवाहरु छन् । उनीहरु सबै भारतवाट आएका युवाहरु रहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *