तुलसीपुर, चैत १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा बस्दै आएका घोराहीका एक युवाको नुमनाको रिपोर्ट अझैं आइपुगेको छैन । कोरोना संक्रमणको आशंक पछि गत शुक्रवारदेखि उनी प्रतिष्ठानको आइसोलेनमा राखिएका थिए ।
चैत ९ गते बुटवलबाट दाङ आएर चिकित्सकको टोलीले घोराहीका ती युवासहित गढवा गाउँपालिकाका दुई युवाको नमुना लगेर गएको थियो । तीनै जना युवाहरु भारतवाट आएका हुन ।
उपकुलपति डा. भण्डारीले लामो समय हुँदापनि संकलिन स्वावको रिपोर्ट नआएपछि आफन्त तथा विरामीले समेत आफुहरुलाई आशंकाको दृष्टिकोणले हेर्न थालेको बताइन । विरामी र उनका आफन्तहरुले रिपोर्ट नै नपठाएको हो कि भन्दै आशंका गर्न थालेको उनले बताइन । ‘आइसोलेसनमा बसेका विरामीहरु हामीसंग रिसाउन हुन्छ, झगडा गर्न थाल्नु भएको छ,’ उपकुलपतिले भनिन् ‘ तर हामीले उहाँलाई संझाउँदै आएका छौं ।’प्रतिष्ठानमा चिकित्सकका लागि आवश्यक किट लगाएका आवश्यक उपकरण समेत नरहेको उनले बताइन ।
प्रष्ठिानको आइसोलेनमा दुईजना थपिए
प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले जापान वाट आएका एक जना र भारतको गोलगाउँवाट आएका अर्का एकजनालाई पनि आइसोलेसनमा राखिएको जानकारी दिएकी छन् ।
जापान बाट आएका घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २६ बर्षीय एक युवा र घोराही १७ का १७ बर्षीय अर्का एक किशोरमा कोरोना भाइरसको आशंका भएको हुँदा आइसोलेसनमा राखिएको उनले बताइन ।
बुधवार मात्रै नयाँ आएका थप दुई जनाको नमुना संकलन गरिएको तथा विहीवार संकलित नमुना काठमान्डौं लैजाने तयारी गरिएको उनले बताइन ।
उनले नमुना लगेर जान कुनै चिकित्सक र एम्वुलेन्सले समेत नमानेको हुँदा आफै त्यो लगेर जान थालेको जानकारी दिइन । त्यसका लागि प्रदेशका मन्त्री, मेयर र सिडियोलाई भन्दा समेत कुनै उपाए नचलेको हुँदा आँफै जान लागेको उनले बताइन ।