२०७८ असार ४ गते शुक्रवार

अर्का एक युवामा पनि कोरोना संक्रमणको पुष्टि


काठमान्डौं, चैत १२ । खाडी मुलुकवाट नेपालमा थप अर्का एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यसको पुष्टि गरेको हो । यो संगै नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले खाडी मुलुकवाट अएका ती युवाको स्बाव परीक्षण गर्दा मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।उनलाई टेकु अस्पतालको आइसोलेनसमा राखेर उपचार सुरु गरिएको छ ।

यसअघि गत आइतबार फ्रान्सबाट आएकी काठमान्डौंकी एक १९ वर्षीय युवतीमा पनि कोरोना भाइरसको पुष्टि भएको थियो । त्यसैगरी केही समयअघि थप अर्का एक एक जना युवामा पनि कोरोना भाइरस पुष्टि भएको थियो। तर उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

पछिल्लो पटक खाडी मुलुकवाट आएका संक्रमित युवा कुन एयरको जहाजमा कहिले नेपाल आएका थिए भन्ने कुरा अझैं पत्ता लागि सकेको छैन । त्यसवारे तीव्र रुपमा अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *