यमकला भुसाल,
तुलसीपुर,चैत १० । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न दाङको तुलसीपुरका विभिन्न चोक–चोकमा हात धुनको लागी साबुन पानीको व्यवस्था गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को पहलमा सोमवार तुलसीपुर बजारका विभिन्न चोकहरुमा साबुन पानीको व्यवस्था गरिएको हो ।
कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनका लागि बजारका ४ स्थानमा साबुन र पानीको ब्यबस्था गरिएको वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिए । उनका अनुसार तुलसीपुरको बिरेन्द्र चोक ,विपि चोक,जेसिज चोक, वडा नं ५ को कार्यालयमा साबु्न पानी र टयाङकीहरु राखिएको छ ।
तुलसीपुर बजारमा किनमेल र बजार छिरेकाले साबुनपानीले हातधुने छन र सक्रंमणबाट जोगिने छन भन्ने अपेक्षा गर्दै साबुन पानीको व्यवस्था गरिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । कोरोना नेपालमा पनि भित्रि सकेको छ,उनले भने,–‘त्यसैले यसको पूर्व तयारीका लागि हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँे’। उहाँले तुलसीपुर उद्योग वाणिज्यसंग समन्वय गरेर थप १०÷१२ वटा ठाँउमा साबुन पानिको व्यबस्था मिलाउने तयारी भैरहेको पनि बताए ।
साथै उनले कोरोना संक्रमनबाट बचाउन सहयोग होस भन्ने उद्देश्यले वडाबासीलाई आइतवार पहिलो चरणमा मास्क बितरण गरिएको जानकारी दिए ।