२०८१ असोज ५ गते शनिवार

दाङका तीन जनाको स्याम्पल काठमान्डौं पठाइयो


तुलसीपुर, चैत ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना विरामीको स्याम्पल काठमान्डौं पठाइएको छ । नेपालमा काठमान्डौं बाहेक अन्त कतैपनि कोरोना परिक्षण हुन सक्दैन । आइतवार बुटवलवाट आएको चिकित्सकको टोलीले प्रतिष्ठानको आइसोलेसनमा उपचारत तीन जना विरामीको स्याम्पल लगेर गएको हो ।

गढवा गाउँपालिका निवासी दुई जना र घोराही निवासी एकजना गरि तीन जना विरामीको स्याम्पल लगिएको छ । उनीहरुमाथि कोरोना भाइरसको आशंका गरिएको छ ।

प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले थप एकजना विरामीलाई भने शनिवार बेलुका ज्वरोकम भएपछि घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिइन । प्रतिष्ठानमा प्रोटेक्टिभ केयरको नहुँदा बुटवलवाट चिकित्सक आएर स्याम्पल लगेर गएको उनले जानकारी दिइन ।

उक्त टोलीले आइतवार प्रतिष्ठानका लागि दुई वटा प्रोटेक्टिभ केयर छोडेर गएको भएपनि त्यो अप्रयाप्त रहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *