Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुरमा ९ हजार बढीको स्वास्थ्य चेकजाँच,कसैमा कोरोनाको लक्षण देखिएन


यमकला भुसाल,
तुलसीपुर,८ चैत । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन दाङ लगाएत अधिराज्य भरिमा सतर्कता अपनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई अति जोखिमको सुचिमा राखेको पाईन्छ । यसैबिच दाङको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले स्थापना गरेको कोरोना हेल्थ डेस्कबाट स्वास्थ्य जाँच भैरहेको छ ।

शाखाले गत फागुन ३० गते देखि तुलसीपुरको दमारगाउँ र एयरपोर्टमा कोरोना हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य जाँच गर्न सुरु गरेको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमपी न्यौपानेले जानकारी दिए । उनका अनुसार गत फागुन ३० गतेदेखि सन्चालनमा ल्याइएको हेल्थ डेस्कमा चैत ७ गते शुक्रवार बेलुका ४ बजेसम्ममा ९ हजार बढीको स्वास्थ्य चेकजाँच गरिएको छ ।

७ दिनको अवधिमा भारत र नेपालगन्जबाट हालसम्म आएका यात्रुहरूमा जाँच गर्दा ज्वरो आई संकास्पद कोरोना संक्रमित भएको कुनै पनि ब्यक्ति नभेटिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । कोरोनाबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाले हेल्थ डेक्स स्थापना गरेको उनको भनाई छ । उनका अनुसार शुक्रवार बेलुका ४ बजेसम्ममा ९ हजार ३० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।

जसमध्ये ५ हजार ३ सय ४५ जना पुरुष छन भने ३ हजार ६ सय ८५ महिला जना रहेका छन । चेकजाँच गरिएका कुनैपनि मानिसमा हालसम्म कोरोनासंग सम्बन्धित लक्षण फेला नपरेको उनले जानकारी दिए ।

उनका अनुसार गत शुक्रवार ६ सय ८६ पुरुष र ३ सय २९ महिला गरि कुल १ हजार ११ जना,शनिवार ७ सय ३३ पुरुष र ४ सय ७७ महिला गरि कुल १हजार २ सय १० जना,आइतवार ६ सय ८८ पुरुष र ५ सय ५१ महिला गरि कुल १ हजार २ सय ३९जना,सोमवार ८ सय ४४ पुरुष र ३ सय ६६ महिला गरि कुल १ हजार २ सय जना,मंगलवार ३ सय १८ पुरुष र ७ सय ४४ महिला गरि कुल १ हजार ६२ जना,बुधवार ६ सय ८२ पुरुष र ४ सय २ महिला गरि कुल १ हजार ८४ जना,बिहिवार ९ सय ११ पुरुष र ४ सय ४१ महिला गरि कुल १ हजार २ सय ७२ जना व्यक्तिहरुको कोरोना चेकजाँच गरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिए ।

त्यस्तै उनले शुक्रवार ४ बजेसम्म ४ सय ९२ जना पुरुष र ३ सय ७५ जना महिला गरि कुल ८ सय ६७ जनाको जाँच गरिएको जानकारी दिए ।

तुलसीपुर उपमहानगरमा हेल्थ डेक्स स्थापना
यसैबिच शुक्रवार देखि तुलसीपुर उपमहानगरपालिकामा पनि कोरोना हेल्थ डेक्स स्थापना गरि चेकजाँच सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपािलका जनस्वास्थ्य प्रवर्द्धन शाखाले अहिले सम्म ३ स्थानमा कोरोना हेल्थ डेक्स स्थापना गरिसकेको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाले स्थापना गरेको ३ वटै हेल्थ डेक्समा बिहान ७ बजे देखि राती ९ बजेसम्म ४ जना कर्मचारी खटाइएको र आइतवार देखि कर्मचारी थप गरिने जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए ।

उनका अनुसार चेकजाँका क्रममा कुनै व्यक्तीमा कोरानाको लक्षण देखिएमा राप्ती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा लगिने छ । यसैबिच स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाको तुलसीपुरसगै कोइलाबास नाका र बनगाँउ भुमहिमा लगाएतका स्थानमा कारोनाको सक्रमण हुन नदिनका लागि हेल्थ डेक्स स्थापना गरि चेकजाँच सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal