गोलटाकुरी, चैत ६ । दंगिरशण गाउँपालिका वडा नं. २ गोलटाकुरीमा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिदै आइएको छ ।स्वास्थ्य चौकीसंग वडा कार्यालयले खरिद गरेको आफ्नै एम्वुलेन्स छ । रा १ झ १८८ नम्वरको एम्वुलेन्स गाउँपालिका भरिका सुत्केरी हुने महिलालाई निशुल्क स्वास्थ्य चौकी सम्म ल्याउन र घरसम्म पु¥याउने काममा प्रयोग हुँदै आएको छ ।
जटिल अवस्थाका सुत्केरीलाई स्वास्थ्य संस्थावाट बाहिर रेफर गर्दापनि सहुलेतमा सेवा प्रदान गर्दै आइएको छ । गाउँ घरमै जतिबेलापनि एम्वुलेन्स उपलब्ध भएको हुँदा कुनैपनि आपत विपदमा घाइते तथा विरामीलाई अस्पतालसम्म पुराउन सजिलो भएको दंगिशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा खड्काले बताइन ।
गोलटाकुरी स्वास्थ्य चौकीमा नर्मल डेलिभरी मात्रै हुने गरेको भएपनि निशुल्क एम्वुलेन्स सेवाले धेरै सुविधा भएको उनले बताइन ।
सुत्केरी गराउन आउने मध्य अलि जटिल प्रकृतिकालाई भने रेफर गर्ने गरिएको छ । त्यसरी रेफर गरेर टाढाका अस्पताल लैजादा समेत सहुलेतमा एम्वुलेन्स सेवा प्रदान गरिदै आइएको छ ।
सुत्केरी हुन आउने र सुत्केरी भइसकेपछि पनि निशुल्क एम्वुलेन्स सेवा दिन थालेपछि सर्वसाधारण लाभान्वित भएका छन् । गोलटाकुरीको फुर्केसल्ली जस्ता विकट भूमिवाट विरामीलाई स्वास्थ्य चौकी सम्म ल्याउन सजिलो भएको छ । यसअघि विरामी र घाइतेलाई समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै मृत्यु हुने गरेका घटनाहरु रहेको भएपनि अब त्यो समस्याको अन्त्य हुने अपेक्षा गरिएको उपाध्यक्ष खड्काले आशा व्यक्त गरिन ।
स्वास्थ्य चौकीमै २४सै घन्टा एम्वुलेन्स हुनु र सानो तिनो उपचार त्यहीपनि संभव हुने हुँदा अब विपतको समयमा पहिले जस्तो आत्तिनुपर्ने अवस्थाको अन्त्य भएको छ उपाध्यक्ष खड्काले बुझाई छ ।
यसका साथै स्वास्थ्य गोलटाकुरी स्वास्थ्य चौकीका नियमित विरामी चेकजाँच हुने गरेको छ । माघदेखि ल्यावसेवापनि सुरु भएको छ । न्यूनतम शुल्कमा ल्यावसेवा सञ्चालन गरिएको छ । त्यसमध्य टिभीको लागि खकार जाँच, एचआईभी जाँच, गर्भवती आमालाई एचआईभी छ कि छैन भनेर गरिने चेकजाँच निशुल्क गरिदै आइएको चौकीका हेल्थ असिस्टेन्ट हरिसकुमार केसीले जानकारी दिए । यो आर्थिक वर्षमा गोलटाकुरी स्वास्थ्य चौकीमा कुल ११ जनाले सुत्केरी सेवा लिएको केसीले बताए ।
पौने दुई करोडको स्वास्थ्य चौकी भवन
जिल्लाको विकट मानिने गोलटाकुरीमा पौने २ करोडको स्वास्थ्य चौकी भवन निर्माण भएको छ । हालसालै निर्माण पुरा भइ स्थानीयलाई स्वास्थय सेवा समेत दिन सुरु गरेको स्वास्थ्य चौकी भौतिक पूर्वाधारका दृष्टिकोणले यस क्षेत्रकै नमुना मानिएको छ ।
जिल्लाको कर्णाली भनेर चिनिने गोलटाकुरीमा निर्मित सुविधा सम्पन्न र आर्कषक स्वास्थ्य चौकी झन्डै १ करोड ८० लाखको लागतमा निर्माण पुरा भएको हो ।
चौकीका हेल्थ असिस्टेन्ट हरिसकुमार केसीले नयाँ भवनवाट सेवा दिदा पहिलेको भन्दा धेरै सहज भएको बताए । उनले आफु पाँच महिना अगाडि त्यहाँ आउँदा केही माथि स्वास्थ्य चौकी रहेको जानकारी दिए । केसीका अनुसार त्यो स्वास्थ्य चौकी साँघुरो र अव्यवस्थित रहेको हुँदा सेवा दिनपनि कठिन थियो ।
तीन महिना अगाडिदेखि नयाँ भवनवाट सेवा सुरु सेवालिन आउनेहरुको संख्या बढेको उनले बताए । विकट स्थानमा निर्मित आधुनिक भवनले स्थानीयहरुमा विश्वास पैदा गरेको केसीले विश्वास व्यक्त गरे । गोलटाकुरी स्वास्थ्य चौकीमा ल्यावसेवा समेत प्रदान गरिन्छ । दैनिक २५ जना सम्म मानिसहरु चेकजाँचको लागि आउने गरेको केसीले बताए ।