२०७८ जेष्ठ ४ गते मङ्गलवार

एसइई केन्द्रमा हेल्थ डेस्क र चिकित्सक


तुलसीपुर,चैत ५ । तुलसीपुरका सबै एसइई केन्द्रमा हेल्थ डेस्क र चिकित्सकको व्यवस्था गरिने भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न लागेको जानारी दिएको छ । विहीवारदेखि एसइई परीक्षा सुरु हुँदैछ ।

नगरप्रमुख घनश्याम पाण्डेले कोरोना भाइरसको सन्त्रास विना विद्यार्थीले सहजै परीक्षा दिन सकुन भनेर यस्तो व्यवस्था गरिएको जानकारी दिए । उनले सबै विद्यार्थीलाई मास्क लगाउन अपिल पनि गरेका छन् ।परीक्षा केन्द्रमा विद्यार्थीमा सन्त्रास फैलने गरी भन्दा पनि आवश्यकता अनुसार चेकजाँच गरिने पनि उनले जानकारी दिए ।

पाण्डेले हरेक वडामा कोरोनाको संक्रमणका वारे पूर्व सतर्कता अपनाउन ३ दिन भित्र वैठक वसेर विभिन्न कार्यक्रम अगाडि वढाउन निर्देशन दिएका छन् ।

उनले मास्कको अभाव हुन नदिन र त्यसमा सहयोग गर्ने समेत वताएका छन् । उपप्रमुख माया शर्माले गाउँगाउँमा हेल्प डेस्क स्थापनाका लागि स्वास्थ्य शाखाले पहल गर्नुपर्ने कुरामा जोड दिइन् । स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानले भारत आउने नाँका अमिलिया र टरिगाउँ विमानस्थलमा चेकजाँच सुरु गरेको जानकारी गराए ।

नेपाल रेडक्रस दाङ्गका अध्यक्ष नारायणकुमार आचार्यले कोरोना भाइरसका वारेमा सबैमा सचेतना फैलाउन आवश्यक रहेको वताए ।
कार्यक्रममा तुलसीपुरले तयार पारेको विपद् जोखिम नक्सांकन सम्वन्धि पुस्तिकाका वारेमा समेत छलफल गरिएको थियो

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *