२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरका इञ्जिनियरको लमजुङमा ढुंगाले लागेर मृत्यु

दाङ, फागुन २९ । दाङ तुलसीपुर निवासी एक युवाको लमजुङ जिल्लामा ढंगाले लागेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजार निवासी निरञ्जन बस्यालको लमजुङमा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

इञ्जिनियर बस्यालको लमजुङस्थित सुपर दोर्जे हाईड्रो पावरको सुरुङ निर्माणका लागि खटिएको समयमा माथिवाट झरेको ढुंगाले लागेर बुधवार राति निधन भएको लंमजुङ पुगेका पत्रकार संगित बस्यालले जानकारी दिए ।

पोष्ट मार्टम गर्न लमजुङको बेसीशहर स्थित सामुदायिक अस्पतालमा विहीवार दिउँसो लगिएको र राति नै तुलसीपुर ल्याइने बस्यालले जानकारी दिएका छन् ।

इञ्जिनियर बस्यालको अन्तिम संस्कार शुक्रवार विहान तुलसीपुरको सितलपुरस्थित बबई घाटमा गर्ने जानकारी दिइएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *