२०८१ असोज ४ गते शुक्रवार

दादुरा र रुबेला खोपबारे अभिमुखिकरण


शंकर केसी,
सल्यान, फागुन २२ ।सन् २०२३ सम्ममा दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ चैत्रदेखि सल्यानमापनि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले दादुरा रुबेला खोप अभियान तथा नियमित खोप सुदृढिकरण सम्बन्धी खोप कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

स्थानीय तहहरुले पनि अभियान सञ्चालन गरिरहेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकामा पनि विहिबार जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरु वीच दादुरा–रुबेला खोप बारे अभियान सञ्चालन गरिएको छ । जिल्लामा आगामी चैत्र ८ गतेदेखि १२ गते सम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

गाउँपालिकका स्वास्थ्य संयोजक अरुण दाहालले त्यस अघि कपुरकोटका ६ वटै वडाहरुमा अभिमुखिकरण र स्वयमसेवकहरुलाई तालिम सञ्चालन गरिने बताए ।

स्वास्थ्य शाखाले दादुरा÷रुबेला भाइरसको संक्रमण मानिसमा मात्र सर्ने र संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाले एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने जानकारी दिए । यी रोगहरु सामान्यतया वालवालिकालाई लाग्ने गर्छ । स्वास्थ्य संयोजक दाहालले ९ महिनादेखि ५ वर्ष मुनिका सबै वालवालिकालाई खोप लगाउन सल्लाह दिएका छन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउनुपर्नेमा जोड दिइन् । उनले यस अभियानलाई सफल पार्न सबै लाग्नुपर्नेमा बताइन ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *