२०७८ बैशाख २५ गते शनिवार

औषधी व्यवसायी संघको भेला दाङमा हुने


दाङ, फागुन १५ । नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्बर ५ को भेला दाङमा हुने भएको छ ।
संघको प्रदेश शाखा कार्यालय दाङले भेला आयोजना गर्न लागेको छ ।शनिवार बिहान आठ बजेदेखि घोराहीको एक होटेलमा कार्यक्रम हुने तय भएको छ ।

कार्यक्रममा व्यबसायिक प्रशिक्षण दिन औषधी व्यबस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकाल सहितको विज्ञ टोली दाङ आउन लागेको संस्थाका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिएका छन् ।
राप्ती अञ्चल क्षेत्र भित्र औषधी व्यबसाय गरिरहेका सम्पूर्ण खुद्रा तथा थोक व्यबसायिको लागि कार्यक्रम आयोजना गरिएको छ ।

औषधीको समुचित प्रयोग, प्रतिजैविक प्रतिरोध, औषधी सम्बन्धी ऐन नियम कार्यान्वयन तथा नेपाल सरकारको बर्तमान कर नीतिका बारेमा छलफल हुने संस्थाका महासचिव तुफानबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *