२०८१ कार्तिक २३ गते शुक्रवार

सिटी हस्पिटलमा नलीमा रहेको गर्भको सफल अप्रेसन


तुलसीपुर,फागुन १४ । सिटी हस्पिटल प्रालि तुलसीपुरमा पाठेघर भन्दा बाहिर नलीमा रहेको गर्भको सफल अप्रेसन भएको छ । जस्लाई मेडिकल भाषामा ‘एक्टोपिक प्यागनेन्सि’ भन्ने गरिन्छ । यो महिलाको पाठेघर भन्दा बाहिर नलीमा रहने गर्भ हो ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ निवासी २४ बर्षीया ज्ञानकुमारी चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी सरिता चौधरीको नलीमा रहेको गर्भको सिटी हस्पिटलले सफल अप्रेसन गरेको छ ।

स्त्रि तथा प्रसुती रोग विषेशज्ञ डा. शेखर थापा, एनेस्थेसिया डा. रुपेश महतो नेतृत्वको टोलीले केही दिन पहिले चौधरी द्धयको नली बाहिरको गर्भको सफल अप्रेसन गरेको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।
हस्पिटलका एमडी हेमराज बस्नेतका अनुसार समयमै नलीमा रहेको गर्भको अप्रेसन नभए नली फूट्ने जोखिम रहन्छ । त्यसले गर्भको सिसु र आमाको पनि स्वास्थ्य जोखिममा पर्छ ।

एमडी बस्नेतले सिटी हस्पिटल प्रालिले निकट भविष्यमा आईसियू सेवापनि सुरु गर्न लागेको जानकारी दिएका छन् । ‘हामी आगामी बैशाखदेखि नयाँ संरचनाका साथ आईसियू सेवा सुरु गर्छौं,’ एमडी बस्नेतले भने ‘ हामी सर्वसाधारणलाई नजिकै स्तरिय सेवा उपलब्ध गराउन चाहान्छौं।’

सिटी हस्पिटलले हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा. गोपाल सागर डिसी, डा. सवल कृष्ण गैरे, कनसल्टेन्ट सर्जन डा. सुशीला खानिया, रेडियोलोजिष्ट कन्सल्टेन्ट डा. सरोज पौडेल लगाएका डाक्टरहरुले सेवा दिने गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *