घोराही,फागुन १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालित सामाजिक सेवा ईकाइले बुधवार चौमासिक समिक्षा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ईकाइ सञ्चालन हुँदै आएको छ । प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाश देवले चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले साउनदेखि माघसम्म अन्तरंग सेवा अन्तरगत २ हजार २ सय १० जना, बहिरंग अन्तरगत ४० हजार २ सय ७३ जना तथा इमरजेन्सि अन्तरगत ५ हजार ९१ जनाले उपचार सेवा लिएको बताएका छन् ।
त्यस्तै सुरक्षित आमा सुरक्षा कार्यक्रम अन्तरगत ६ सय ७६ जना, ठूला अपरेसन सेवा ६ सय ९५ जनाले र ५ सय ५३ जनाले सानो अप्रेसन सेवा यो अवधिमा लिएको देवले जानकारी दिए ।
वितेको चार महिनामा ११ हजार २ सय ३४ जनाले एक्सरे सेवा, ४ हजार ७ सय ७० जनाले युएसजी सेवा, ७ सय ४६ जनाले ईसिजी, ओसिएमसी सेवा २ सय ४६ जनाले लिएका छन् ।
त्यसैगरी एआरटी सेवा १ हजार २ सय ९८ जना, डटस सेवा ९३ जना, डाइलासिस सेवा ७ सय ७० जना, सिकलसेल एनिमिया सम्वन्धि सेवा ६४ जना र पोष्ट मोर्टम १ सय दुई जनाको गरिएको प्रतिष्ठानले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।
लक्षित समुह अन्तरगत गरिव २ सय ४३ , असहाय १८, अपाङ्ग ३०, महिला स्वास्थ्य सेवा ३२ ,थुनुवा १४ गरि ३ सय ३७ जना,२ सय ६८ जना जेष्ठ नागरिकले समेत स्वास्थ्य सेवा लिएका छन ।
समिक्षा कार्यक्रममा डा. ईश्वरी भुषालले प्रतिष्ठानमा भएका श्रोत साधानलाई प्रयोग गरेर आफनो ज्ञान र क्षमताले भ्याए सम्म कोही पनि रेफर हुन नदिनको लागि प्रयासरत रहेको जानकारी दिए ।
फार्मेसी प्रमुख विजय रेग्मीले बिरामीको सुविधाको लागि २० प्रतिशत मात्रै मार्जिन राखेर औषधी बिक्रि गर्ने गरेको बताए । ओसिएमसीकी नर्स हिमा घर्तीले हिंसा पीडित महिलाहरुले प्रतिष्ठानमा सेवा पाईरहेको जानकारी दिइन । पत्रकार महासंघका जिल्ला अधयक्ष सविन प्रियासन प्रतिष्ठानको सेवालाई जन अपेक्षा अनुसार थप प्रभावकारी वनाउँदै लैजान सुझाव दिएका थिए ।