२०८१ असोज ३ गते बिहिवार

एक्स्पोमा निशुल्क स्वास्थ्य सेवा पाउँदा सर्वसाधारण खुसी


यमकला भुसाल,
बेलझुण्डी, फागुन ११ । प्रदेश नं ५ ले दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोमा स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ ले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।स्वास्थ्य सम्बन्धि विभिन्न रोगहरुको विशेषज्ञबाट सेवा दिने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका योग प्रशिक्षक बिष्णुहरी आचार्यका अनुसार स्वास्थ्य शिविरमा मुटु रोग, मृगौला रोग, स्त्रि रोग, पाठेघरको क्यान्सर, ग्यास्टोलोजिष्ट, पेटसम्बन्धि विशेषज्ञ सेवाहरु प्रदान गरिदै आइएको छ । एक्स्पोमा आयुर्वेदिक प्रवद्धिवाट पनि उपचार सेवाहरु प्रदान गरिदै आइएको छ ।

शिविरमा आउने विरामीलाई थेरापेपी, योेगा बुझाउने उद्देश्यले कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् ।
शिविरमा पहिलो दिन शनिवार ३ सय ५० जना विरामीले सेवा लिएको जानकारी दिइएको छ । त्यस्तै आइतवार करिब एक हजार जनाले सेवा लिन आएको जानकारी दिइएको छ ।

आयुर्वेदिक विधिवाट नाक,कान घाँटीको बिशेषज्ञ सेवा र ग्याष्टिक लगाएतका बिरामीहरु सेवा लिन आउने गरेको जानकारी दिइएको छ । जटिल रोग लागेका बिरामीलाई जिल्ला बाहिर सम्बन्धित ठाउँमा रेफर गर्ने गरिएको छ ।

निशुल्क सेवा लिन पाएपछि धेरै सर्वसाधारण लाभाविन्त भएका छन् । हात गोडा दुख्ने समस्या लिएर शिविरमा चेकजाँच गर्न पुगेकी प्रभा चौधरीले आफ्नै ठाउँबाट निशुल्क स्वास्थ्य सेवा लिदा खुसी लागेको बताइन । शिबिरमा चेकजाँच गराएपछि मनमा रहेको आशंका समाप्त भएको मञ्जु थापाले बताइन ।

शिबिरमा सबै भन्दा धेरै पाठेघर, मुटु, हाडजोर्नी, किड्नी, आँखाका बिरामी धेरै जचाउन आएको शिविर सञ्चालकले जानकारी दिए । सोमवार समापन हुने शिविरमा २ हजार बढी बिरामीहरुलाई सेवा दिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *