तुलसीपुर,फागुन ७ । तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिले सेवा विस्तार गरेको पहिलो दिनमै बुधवार एक महिलाको ट्यूमरको सफल अप्रेसन गरेको छ ।सल्यान निवासी ३३ बर्षीया चन्द्रकली केसीको पाठेघरको डिम्बासयमा रहेको ट्यूमरको सफल अप्रेसन भएको छ ।
प्रसुती तथा स्त्रि रोग विषेशज्ञ डा. शेखर थापा, एनएसथेसियोलोजिष्ट डा. रुपेश महतोको टोलीले केसीको डिम्वासयमा रहेको ट्यूमरको सफल अप्रेसन गरेको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।
फागुन ७ गतेदेखि तुलसी हस्पिटलले सुत्केरी सेवा र सबैका लागि जनरल मेडिसिन सेवा समेत सुरु गरेको अस्पतालका सञ्चालक तथा बालरोग विषशेज्ञ डा. किशोर खत्रीले फरककोणलाई बताए ।
तुलसीपुरमा अनेत्र एनआईसियू सेवा उपलब्ध नभएको हुँदा आफुले सुत्केरी सेवा समेत दिन थालेको र त्यसले जटिल रोगका समस्या भएका नवजात सिशु तथा आमाको स्वास्थ्य जोखिमको खटरा टर्ने डा. खत्रीले बताए ।
तुलसी हस्पिटलमा बुधवारदेखि नै गर्भ जाँचपनि सुरु गरेको छ । पाठेघर तथा महिलामा हुने सेतोपानी बग्ने जस्ता समस्याको पनि विषेशज्ञ डाक्टरवाट उपचार सुरु गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यसैबीच हस्पिटलले बुधवारदेखि नै पुरुषहरुका लागि समेत जनरल मेडिसिन तथा जनरल सर्जरी सेवा समेत सुरु गरेको जानकारी दिएको छ ।
विक्रम संवत २०७१ साल मंसिरदेखि बालबालिकालाई मात्रै सेवा दिन सुरु गरेको तुलसी वाल हस्पिटलले तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा १०० वेड क्षमताको हस्पिटल निर्माणको काम अगाडि बढाएको जानकारी दिइएको छ ।